नेपाली लोक संगीत
संगीत रत्नकोशमा संगीत भनेको “गीत, वाद्यं तथा नृत्यं त्रय संगीत मच्यते” भनी उल्लेख गरेको छ । वास्तवमा संगीत मानव जीवन हो, समाज हो र समग्र लोक हो । नेपाल बहु जाती, बहु भाषी, बहु संस्कृती अवयव बोकेर प्रकृतीको छटामा झुलीराखेको अती रमणीय स्थान हो । यहाँ शैव सभ्यताको विकाससँगै गन्धर्व (गाउने), किन्नर (बजाउने) गणसहित संगीतको प्रादुर्भाव भयो । तसर्थ नेपाललाई संगीतको जननी भन्न सकिन्छ । नादका शुष्मरुप डमरुका स्वरुपमा छ । डमरु, मुर्चुङगा शिवको अति प्रिय वाद्य यन्त्र हो । आदि कालमा डमरुकै ध्वनीबाट शव्दको उच्चारण भएको थियो । रुद्र वीणा जस्तो मधुर ध्वनीले संसार मुग्ध हुन्थ्यो । जुन शिवले सरस्वतीलाई उपहार दिएका थिए । रावणले रुद्र वीणाको खोज गरेको र रावणले वजाएको वीणाको मधुर ध्वनी सुन्न देवता नै धर्तीमा आउने गरेको वर्णन पौराणीक ग्रन्थहरुमा पाइन्छन् । शिवलाई नाट्यश्वरको रुपमा चिनिन्छ । शिव नृत्य तथा ताण्डव (सुरभिय नृत्य) लाई विशेष रुपमा लिइन्छ । विष्णुको शंख, सरस्वतीकोे वीणा, कृष्णकोे मुरली, नारदको हातमा रहेको एकतारेले पौराणीक समयको संगीतको महत्व दर्शाउदछ ।
रामप्रसाद कँडेलको “नेपाली लोकवाजा” नामक पुस्तकमा वाजाको कथनमा बुलु मुकारुङले विश्वको सृष्टिको विहानीसँगै स्वरव्रह्म अर्थात ॐ ध्वनीको उत्पत्ति भएको हो । यही ॐ ध्वनीलाई शुभ प्रभातमा उराल्ने आदिम प्राच्य प्राकृतिक वाजा शंखमात्र होईन सामवेदका ऋचाहरुका आरोह–अवरोह प्राच्य संगीतका प्रामाणिक नादहरु भेटिन्छन । गोपाल, महिषपाल, अहिर र किरांतकाल पनि अलेख्य संगीत श्रुती परम्परामै चलेको थियो । किरांतकालमै महात्मा गौतम बुद्धको अभ्युदय भएको र उनका अनुयायीहरुले तन्त्र मन्त्र र श्लोकहरुलाई एकबाट अर्को नियमित स्वरहरुमा बाड्दै नल्याएको भए अहिले समममा बौद्ध वा गुम्वाहरुमा घण्ट, घ्यालिङ, काङ्लिङ वा ढ्याङ्ग्रो आदि बाजाहरु लोप भैसक्ने थिए भन्ने अनुमान गर्न सकिन्छ भनि लेखेका छन् । धनबज्र बज्राचार्यको “लिच्छवीकालका अभिलेख” नामक ग्रन्थमा विभिन्न वाद्यवादनसँग सम्वन्धित विषयहरु आएका छन् । पशुपतिको मानदेवको पालाको जयलम्भ अभिलेख संवत ४१३ मा कारणपूजा “नैमितिकपूजा” र विशेष पर्वमा वाजा वजाउने प्रसंगको उल्लेख छ ।
“लिच्छवीकालका अभिलेख” नामक ग्रन्थमा विभिन्न वाद्यवादनसँग सम्वन्धित विषयहरु आएका छन् । पशुपतिको मानदेवको पालाको जयलम्भ अभिलेख संवत ४१३ मा कारणपूजा “नैमितिकपूजा” र विशेष पर्वमा वाजा वजाउने प्रसंगको उल्लेख छ । सम्वत ४२७ मानदेवकी छोरी विजयमतीको पशुपति सूर्यघाटको अभिलेखमा वडामहारानी भोगिनी ‘वीणाको आवाज जस्तै मधुर र राम्रो बोली बचन भएकी’ वीणानिवादमधुरस्वरवलगुवाक्या । श्रीभोगीनीति कथितास्य वभुवदेवी ।। भनि उल्लेख छ । हाँडिगाउँको संवत् ३० उल्लेखित अंशुवर्माको अभिलेखमा नान्दी (मङ्गल बाजा) बजाउने र शंख फुक्नेलाई २५ पुराण छुट्टाइएको
प्रसंग छ ।”
सम्वत ४२७ मानदेवकी छोरी विजयमतीको पशुपति सूर्यघाटको अभिलेखमा वडामहारानी भोगिनी ‘वीणाको आवाज जस्तै मधुर र राम्रो बोली बचन भएकी’ वीणानिवादमधुरस्वरवलगुवाक्या । श्रीभोगीनीति कथितास्य वभुवदेवी ।। भनि उल्लेख छ । हाँडिगाउँको संवत् ३० उल्लेखित अंशुवर्माको अभिलेखमा नान्दी (मङ्गल बाजा) बजाउने र शंख फुक्नेलाई २५ पुराण छुट्टाइएको प्रसंग छ । प्राचीन परम्पराअनुसार राजाको दैनिक कार्यक्रम नान्दी (मङ्गल बाजा, मङ्गलगान) द्वारा शुरु गरिन्थ्यो । यस कुराको उल्लेख प्राचीन ग्रन्थमा पाईन्छ । नान्दीको रुपमा गाना पनि गाइन्थ्यो; यसको लागी विशेष मङ्गल बाजा पनि बजाइन्थ्यो । राजदरवारमा विशेष उपलक्ष्यमा शंख फुकिन्थ्यो राजकीय प्रस्थान आदिको सूचना शंख ध्वनीद्वारा गरिन्थ्यो । यसरी शंख फुक्ने अधिकारी र नान्दीवाद नामक अधिकारी नियुक्त गरिन्थ्यो । सम्वत ५२६ लेलेको शिवदेव अंशुवर्माको अभिलेखमा विभिन्न गुठी र गुठीयारलाई खेतको भाग लगाइएको छ । वादित्त्र (वाजा) गोष्ठीका गुठीयारलाई १० मानिका खेत दिइएको प्रसंग छ । लिच्छवीकालिन समयमा प्राप्त भएका विभिन्न प्रस्तर मूर्ति, काष्ठ मूर्ति, ढलौट मूर्ति, मूर्ति फलक एवं गाता चित्रहरु आदिमा समेत संगीत (बाध्यवादन, नृत्य तथा गायन)का प्रसस्त संकेत भेट्न सकिन्छ । शिलालेखको शीर्ष भागमा वैष्णव संप्रदायको प्रतिक शंखको चिन्ह् हुनु, ठूला ठूला घण्टहरु विभिन्न प्राचीन देवस्थलहरुमा पाइनु यसमा थप सहयोग गर्दछ ।
नेपालको इतिहासमा लिच्छवीहरु पछि मल्लहरुले शासन गरे । मल्लकालिन समयमा संगीतको क्षेत्रमा झनै ठूलो उपलव्धि भएको पाइन्छ । काठमाडौं उपत्यकामा पाइएका ठ्यासपूmहरुमा तत्कालिन राजाहरुले गरेका कार्यको बेलि विस्तार पाईन्छ र हालसम्म पनि दाफाको रुपमा गाउने चलन ठाउँ ठाउँमा छ । जयस्थिति मल्लकोे समाज विभाजनमा एक जात गन्धर्व (गाइने) पनि थियो । भोज, विवाह, मृत्यु इत्यादि पर्व र सस्कारहरुमा के कस्तो गर्ने भन्ने नियम पनि बनाएका थिए । राजाहरु मर्दा सबै जातकाले मलामी जानु पर्ने, मलामी जाँदा जातिय क्रमअनुसार लाम लाग्नु पर्ने नियम बनाईयो । यीनले राजघरानाको शवयात्रामा दीपक राग र जाति विशेषको कहाल बजाउने चलन पनि शुरु गरेका थिए । मल्लकालिन ठूलो घण्टा र नगरा हाल पनि हनुमान ढोका परिसरमा देख्न पाइन्छ । राजा प्रताप मल्लले बाजा बजाइरहेको मूर्ति हनुमान ढोकाको मूल गेटमा २०७२ को भूकम्प अधिसम्म थियो । राजा जितारी मल्लको समयमा भारतमा समेत खिलुपा प्राचीन नेपाली ताल बाजा भएको वर्णन पाईन्छ । लिच्छवीकालिन समयमा पशुपतिमा थानकोट वाणस्थलिबाट छत्रचढाउने जात्रा, खोपासीबाट द्वारउद्घाटन जात्रा, कैलाश जात्रा आदि हुन्थे भने मल्लकालिन समयमा विभिन्न पर्व तिथिहरुमा जात्राहरु हुन थाले । ती जात्राहरुमा विभिन्न ताल र सुरमा गाउने बजाउने गर्न थालियो । हाल पनि नेवार समुदायमा बाजा सिकाउने अनि नाट्येश्वरको दर्शन गर्ने चलन छ । यसरी आधुनिक कालअघि नेपालमा संगीतको विकास विभिन्न जातिहरुमा फरक फरक ढङ्गबाट भएको पाइन्छ । ३७५ भन्दा बढी लोक बाजा (बाद्य सामाग्रीहरु) जुन विभिन्न उत्सवहरुमा बजाउने गरिन्छ । सयौं प्रकारका लोकनाच, लोक गीत, लोक भेष भुषामा जाति विशेषले मनाउने लोक परम्परा छ । पूर्वीय संगीत शास्त्रले बाजालाई चार बर्गमा विभाजन गरेको छ । (क) तत् वाद्य (तारका बाजाहरु) (ख) शुषिर वाद्य (हावा वा फुकेर बजाइने) (ग) घन वाद्य (ठोकेर बजाइने बाजाहरु) (घ) अवनद्धवाद्य (छालाले मोडिएका ताल बाजाहरु) यी बाजाहरुको सहयोगमा मधुर, सुरिलो गीतका भाकाहरु गाउँदै नेपाली आधुनिक लोक संगीतको विकास भएको पाइन्छ । संस्थागत रुपमा भने नेपालमा संगीतको विकास ललितकला क्याम्पसको निर्माण, निजि क्षेत्रमा खोलिएका संगीत पाठशालाहरु, नेपाल प्रज्ञा प्रतिष्ठानको उदय आदि पछि भएको पाइन्छ ।
“राष्ट्र प्रेमले ओत प्रोत पूर्णता त कहिले युद्ध विभीषिका बोकेका लोक गीतहरु घन्किन्थे । कहिले वीरताको त कहिले “दुधै कुण्ड पानीको सरावर सरावर, हुनु पर्दछ चमेली सबैलाई बराबर” न्याय र समानताको गीतहरु हिमाल, पहाड, तराईको नेपाली जनमनमा उर्लिरहन्थ्यो–उर्लिरहन्छ ।”
२०३४ असारमा नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक नेपाली बाजाहरुको प्रदर्शनी आयोजना ग्यो भने त्रिपुरेश्वरमा विक्रम संवत २०५४ मा रामप्रसाद कँडेलद्वारा लोक बाजा संग्राहलयको स्थापना गरियो । जनतालाई सूचना दिन वा सरकारी उर्दि पूर्जी सुनाउन ढ्वाङ्ग्रो पिट्ने र झ्याली बजाउने कार्य कटुवालले पहिले देखि गर्ने प्रचलन थियो । सगीतका क्षेत्रमा स्वनामधन्य व्यक्तिहरुले देशको विभिन्न स्थानबाट ठूलो सहयोग पु्याएको इतिहास पाइन्छ । त्यस्तै नाम मध्ये एक १९३४ मा जन्मेका खोपासीका महन्त नरबहादुर भारती स्वनामधन्य पात्र हुन् । “संगीत र साहित्यकला मानवमा नहुनु अधुरो जीवन हो” भन्ने उनको भनाई थियो । जनरल गेहेन्द्र शम्शेरका समकालिन उनले आफै पियानो, वायलीन, सारंगी र पिउचा नया ढंगबाट बनाई बजाउने र गाउनृे गर्दथे । यही कलाले उनी त्रिभुवन पुरस्कार विजेता समेत भए ।
प्रेमिका फकाउन मुरली बाँसुरी, शुभकार्यमा पञ्चेबाजा, पूजा र मलामीमा शंख, युद्धको घोषणा गर्न नगरा, सामाजिक भेलाको निम्ति पुङ बाजाको प्रचलन प्राचीन समय देखि नै थियो । प्रकाश दर्नालको “हाम्रो सांस्कृतिक धरोहरहरु” अनुसार फट्को — दशै तिहार, विवाह ब्रतवन्धमा गीत गाई नाच्ने, हुड्का — दमाईले भारत गाउने, धमारी — घरमा छोरा जन्मेको उपलक्ष्यमा गाउने, पञ्चैवाजा — वंशावली गाउने, झोडामाङ्गल — शु्भकार्यमा गाउने, नौलीहदेलीमा — गोठालामा केटाकेटीले गाउने, कर्को — मृत्यु हुँदा सान्त्वनाकालागी गाउने, भैनी — लक्ष्मी पूजामा गाउने, भोसी — अश्लिल गाली सहित गाउने गीत, बालि रोपाई गीत, ढुस्को — छोरा जन्मेको बेलामा गाउने गरिन्थ्यो । देउडा, भैलो, ध्रुव, साकार, मारुनी आदि पनि विभिन्न अवसरमा गाईन्थ्यो । पञ्चै बाजा .(ढलकी, दमाहा, झ्याली, सहनाई र ट्याम्को) र नौमति (सहनाई दुई, ढलकी एक, दमाहा दुई, झ्याली एक जोर, ट्याम्को एक, नरसिंगा एक र कर्णाल एक) मुख्य गरि नेपालको सवैतीर बजाउने गर्दछन् । यी बाजाहरुका आ–आफ्नो महत्व र इतिहास छ । वैदिक युगमा दमाहालाई दुन्दुभि र भेरी (बसुदेव जन्मको समयमा दुन्दुभि बाजा बजाईएको ले बसुदेवलाई आनकदुन्दुभि पनि भनिएको छ), झ्यालीलाई आघाती, ढलकीलाइ परह र सहनाईलाइृ श्रृङ्ग भनिन्थ्यो । नादको ध्यान गर्ने साधकहरुले प्रयोग गर्ने अखन्डानन्द नाद, शैव सम्प्रदायले प्रयोग गर्ने विषाणनाद, मुर्चुङगा, वैष्णव सम्प्रदायले प्रयोग गर्ने वैष्णवघण्ट, बुद्धमार्गीले प्रयोग गर्ने लावाको साथै त्यस्तै केही थर, जातिले विभिन्न उत्सवमा गाउने बजाउने बाजाहरु यस प्रकारका छन् ।
तामाङ्ग – थुन्दर, टुङना, हयालीङ, खिन्नाफून्टे, डम्बा ।
धिमाल – उर्नी, सेसेन्जा ।
लिम्बु – च्याबुङ, मेग्फामा, बिल्लौरी, पुत्तुङगे ।
सतार – ओतनी ।
गन्धर्व – सारङ्गी, आरबाजो ।
नेवार – नेकु, पछिमा, खिँ, धिमे, काँ, भातय ।
थारु – रेउकी, तमौरा, बौसी, गोलकी, डाँफ ।
शेर्पा – चौरी घण्टा, पिवाङ् ।
कपाली – गुज्राटी मुहली, कोकील मुहली ।
डोम – घुर्ना ।
मगर – कौरा, अलङ्का, झर्रा ।
दमाई – सहनाई, रासा, झुर्मा ।
किरात – यलम्वर, पुङ, बिम्वीली, विनायो ।
ज्यापू – याकुचा वझ, माक कथी, भुस्याहा ।
झाक्री – ढ््याङ्रो ।
थकाली – डोङमेन ।
आर्य – डव ।
गुरुङ्ग – लावा, सोरठी मादल ।
राई – सिर्लिङ, माठुरी ।
झागड – मनरा ।
कुमाल – माटेढुकुर ।
वादी – मसक, मन्द्रा ।
आदिम मानवले आवश्यकता र अनुभवद्वारा ढुङ्गे हतियार वा भाँडाकुँडा बनाउन सिके यसरी बनेको हतियार र भाँडाकुँडाहरु एक आपसमा ठोकिदा आवाज आयो जुन आवाज पहिलो संगीत थियो । सिकार गरेको जनावरको छाला मोडेर ढोलक बनाइए, सुकेको लौका भित्र ढुङ्गाका टुक्रा राखी हल्लाई, सिकारको खोजीमा गुफा देखी टाढा जाँदा चराचुरुङ्गी कराएको, हावाले रुखका पातहरु बजाएको, पानीको छाल, नदी सुसाएको आदि आवाजहरु सुने र त्यसैको आधारमा संगीतको उत्पति भएको मान्यता विद्वान एम. वाउन र दुथेर पेसर राख्दछन् । भाषा, संगीतात्मकता, गायक गायिका र भाव लोक गीतका तत्व हुन् । काव्यत्मकता, थेगो, स्थायी र अन्तरा, वाद्यय श्रोता ऐच्छिक तत्वहरु हुन् । समाजका विविध पक्षहरु समेटिएर संगीत बन्दछ । भजन, दाफा, सेलो गीत, आरती, दमाई गीत, घाँसे गीत, झ्याउरे गीत, असारे गीत, ख्याली, संगीनी गीत, मारुनी गीत, बाल गीत, रत्यौली गीत, सिलोक, खाँडो जगाउने, मष्टो गीतहरु नेपाली जन जिव्रोमा झुन्डिएका छन् । उदाहरणमा तत्कालिन राजाले काजी वंशराज पाण्डेलाई मृत्युदण्ड दिएपछि सती जान लागेकी उनकी पत्नीले गाएकी संगीनी गीत —
“पाँचौ र वर्षको रनवन वाला
टुहुरो भयोनी माइली टुहुरो भयोनि ।
कोठैमा जालानी ‘ए आमा’ भन्ला
‘है्र बाबा’ भन्दिए माइली ‘है बाबा’ भन्दिए
कोठैमा जालानी ‘भोक लाग्यो’ भन्ला
झिलिया तारदिए माईली झिलिया तार दिए
जोर जोरै बजे नि ती गौरी शंख
म सती जाइजान्छु माइली म सती जाइजान्छु”
सती प्रथाको समयमा विलौना स्वरुप गाइएको यो संगीनी गीतले जनमानसमा मर्मान्त तुल्याउँदछ । कहिले राष्ट्र प्रेमले ओत प्रोत पूर्णता त कहिले युद्ध विभीषिका बोकेका लोक गीतहरु घन्किन्थे । कहिले वीरताको त कहिले “दुधै कुण्ड पानीको सरावर सरावर, हुनु पर्दछ चमेली सबैलाई बराबर” न्याय र समानताको गीतहरु हिमाल, पहाड, तराईको नेपाली जनमनमा उर्लिरहन्थ्यो-उर्लिरहन्छ ।
दाफा, गीतको लय, ताल सुर, नृत्य र गीत अनुसार फरक फरक हुन्छ । एक ताल, पल्ता, जती, चो, पोल ताल आदि विभिन्न प्रकृतिका तालहरुमा दाफा गाईन्छ । संगीतमा बाजा, गीतको जति महत्व छ नाचको पनि उतिनै महत्व छ । विख्यात शासक, वीर, वीरङ्गना, स्वनामधन्य व्यक्तिहरुको सम्झनामा, दुःखद घटनाको स्मृतिमा, उत्सवमा विभिन्न पर्वहरु, जात्राहरुमा गाउने, बजाउने र नाच्ने गरिन्छ । उदाहरणमा धमारी गाउने, धामी कमाई, धामी नाच, देउरो नाचहरु गाना बजाना जस्ता कृत्यकासाथ सम्ंपन्न गर्ने परम्परा छ । नेपालको विभिन्न भागहरुमा बसोवास गर्ने जाती जनजातीहरुले आ–आफ्नो संस्कृति अनसारको लोक गीत गाउने लोक बाजा बजाउने र नाच्ने प्रचलन छ । मारुनी, छलिया, पुतला, चौलो, मङ्ग्रहवा, लाखे, सिकाली, रुद्रायणी, भैरव, खडग, वोम्वो, लामा, वाक्छाम, स्यावु्र, चोम्लु, म्हेन्दो माया, जुङवा, कौडा, कौडाह, खुकुरी, टप्पा, डोको, धान, पैंसेरी, मयुर, सोरठी, हुड्केली आदि लोक नाच तथा नृत्य सांस्कृतिक परम्पराको रुपमा जन समाजमा चल्दै आएको छ ।
नेपाली शव्द सागरअनुसार “लय ताल बाद्य वादनका साथ मिलाएर गाइने गीत, गाना बजाना, गायन विद्या, संगीत शास्त्र सहगान, समूह गीत” लाई संगीत भनेको छ । पाश्चात्य संगीतको आगमन हुँदा पनि नेपाली मौलिक संगीतले आफुलाई स्थिर राखेको छ । अतिक्रमणको चपेटाबाट जोगिन नयाँ नयाँ कदम चाल्दैछ । सयौ संगीतज्ञहरु यो महाअभियानमा लामबद्द छन् । गाउँ टोलमा यो नया शिराबाट उदाउँदै छ ।