0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी सम्मेलनको तयारीमा जुट्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषद्को दोश्रो बैठकमा उहाँले लगानीको वातावरण बनाउन र अधिकतम लगानी आवश्यक रहेको भन्दै यसको तयारीमा जुट्न निर्देशन दिनुभएको हो । उहाले बिदेशी लगानी भित्राउन नीजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भन्दै सम्मेलको तयारीका लागि जुट्न आग्रह पनि गर्नुभयो ।

सरकारले गत असोज १५ गते प्रधानमन्त्रीको अध्यक्षतामा ३० सदस्यीय ‘उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्’ गठन गरेको थियो । परिषद्ले सरकार र निजी तथा व्यावसायिक क्षेत्रबीच अन्तक्र्रिया, समन्वय र समझदारी प्रवद्र्धन गर्दै लगानीका अवसर पहिचान गर्ने, लगानी प्रवद्र्धन गर्ने, उत्पादकत्व वृद्धि गर्ने, रोजगारी सिर्जना र आय वृद्धि गर्ने तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूर्णता दिने उद्देश्य लिएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected