0Shares

काठमाडौं । नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक बिहीबारबाट सुरु भएको छ । काठमाडौंमा भएको नेपाल र भारतबीचको बैठकमा रेल निर्माण, पेट्रोलियम पाइपलाइन विस्तार, अरुण तेश्रो जलविद्युत् आयोजना लगाएतका विषयमा छलफल हुनेछ ।

बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका विदेश सचिव विजय गोखले सहभागी हुनुभएको छ । भारतीय विदेश सचिव गोखले बिहीबार नै नेपाल आउनुभएको हो । गोखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटनु हुनेछ । गोखले शुक्रबार स्वदेश फर्कनुहुने छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected