0Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक पटक भएपनि त्यस्ता प्रयास असफल बनाइएको दाबी गर्नुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति नचाहनेहरुले पटक पटक द्वन्द्व चर्काउने प्रयास गरेको भन्दै सरकारले त्यसलाई बिफल बनाएको दाबी गर्नुभएको हो । अब देश पृथकतावाद, टुक्र्याउनुपर्छ भन्ने माग नरहेको अवस्थामा रहेको र एकजुट अवस्थामा रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले अहिलेको अवस्था जसरी पनि विरोध र समर्थन गर्नुपर्ने अवस्थामा नरहेको भन्दै सकारात्मक सोच राख्न प्रेरित गर्नुभयो । उहाँले असहज अवस्थामा कानुन निर्माण र संरचना बनाइएको बताउनुभयो । कर्मचारी समायोजन सहज नभएपनि पुरा गरेको, कानुन निर्माण गरेको र समृद्ध नेपाल : सुखी नेपालीको सबै आधार तयार भएको उहाँले बताउनुभयो ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले केही तत्वहरुले परिवर्तनलाई उल्ट्याउन लागि परेको आरोप लगाउनुभयो । उहाँले आफु अमेरिकामा जाँदा कांग्रेसको कमिटीले ‘प्रचण्ड’लाई हत्याराको रुपमा प्रस्तुत गरेकोमा कांग्रेसप्रति प्रश्न गर्नुभयो । उहाले सत्ताबाट निकालिएकाहरु इतिहासको मञ्चबाट ओझेल परेकाले परिवर्तन उल्ट्याउन सक्रिय हुन थालेको टिप्पणी गर्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected