0Shares

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्सामा हावाहुरी पिडितलाई प्रदेश सरकारले सक्दो सहयोग गरेको बताउनुभएको छ ।

काठमाडौमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले उपचार, खाना, कपडा लगायत पुनर्वासको बारेमा पनि प्रदेश सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले पिडितको घरघरमा नै गएर पिडितको समस्या बुझेको समेत जानकारी दिनुभयो । घटना भएदेखि नै प्रदेश सरकार गम्भीर भएर लागिरहेको र प्रदेश सरकारले बिभिन्न राहतको प्याकेजलाई अगाडि बढाइरहेको जानकारी दिनुभयो । मुख्यमन्त्री राउतले बारा र पर्सामा भएको घटनामा केन्द्रीय सरकारबाट पनि निकै सहयोग पाएको जिकिर गर्नुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected