0Shares

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम पुरा हुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको प्रायःजसो काम सम्पन्न भैसकेको बताउनुभयो । मन्त्री पण्डितले मुलुक यतिबेला संघीयता कार्यान्वयनको चरणमा रहेकोले सरकार त्यसतर्फ सचेत भएर अघि बढिरहेको पनि बताउनुभयो । समायोजनको विषयमा कर्मचारीहरुले उठाएका र राखेका जायज गुनासाहरुलाई सरकारले सम्बोधन गरेको पनि उहाँले बताउनुभयो ।

त्यस्तै, फरक क्षमता भएका कर्मचारीहरुलाई सरकारले उचित व्यवस्थापन गर्ने मन्त्री पण्डितले विश्वास दिलाउनुभयो । स्थानीय तहको सवालमा पनि यो वर्षको असार मसान्तभित्रै कर्मचारीको सबै व्यवस्थापन भैसक्ने दाबी गर्नुभयो । उहाँले वर्तमान सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा साकार हुने दिशातर्फ मुलुक अघि बढिरहेको पनि उहाँले बताउनुभयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected