0Shares

काठमाडाैं । नेपाली कांग्रेसले संसदमा सरकारको अपमान नगरेको स्पष्ट पारेको छ ।

पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिपक्षीले सरकारको अपमान नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै बोलीका कारण अपमानित भएको बताउनुभयो । निधिले मंगलबार सदन प्रधानमन्त्रीको अभिव्यक्तिले प्रतिपक्षी कांग्रेसको मात्र नभएर संसद, जनता र प्रधानमन्त्री पदको अपमान गर्नुभएको टिप्पणी गर्नुभयो । निधिले प्रधानमन्त्री ओलीलाई बिगतमा आफूले बोलेका कुरा स्मरण गर्न आग्रह पनि गर्नुभयो । संसदमा मंगलबार सबैका भाषामा मर्यादित शब्दावली रहेको भन्दै निधिले प्रधानमन्त्रीले झन मर्यादित शब्दावलीको प्रयोग गर्नुपर्ने तर्क गर्नुभयो । सभ्य भएर प्रस्तुत हुने संसदीय प्रणालीमा गैरसंसदीय शब्द बोले सभामुखले तत्कालै मेटाउन निर्देशन दिने बिश्वव्यापी चलन भए पनि सभामुख कृष्णबहादुर महाराले हटाउन निर्देशन नदिनुु अनौठो भएको उहाको भनाई छ ।

कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले सुरु गरेको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक अघि बढेको जानकारी दिनुभयो । दुईओटा जिल्लामा केही भ्रम परेका कारण सामान्य घटना हुन पुगेको उहाको भनाई थियो । नवीन स्वरूपको कार्यान्वयनमा कतिपय जिल्लाले सुरुवाती अप्ठ्यारो अनुभुत गरेको पाइएपनि अधिकांश जिल्लामा ‘नवीन स्वरुपको, व्यवस्थित कार्यान्वयन’ भएको उहाले बताउनुभयो ।

काग्रेसले जागरण अभियानका उद्देश्यहरू पार्टीको स्थानीय पंक्ति हुँदै आम जनता समक्ष सम्प्रेषण गर्ने क्रममा दोस्रो दिनबाट अभियान क्षेत्र र गाउँ–नगर तहमा प्रविष्ट भएको जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected