0Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले अहिले देशैभरीका स्वास्थ्य केन्द्रले जनताको विश्वास जित्न नसकेको बताउनु भएको छ ।

काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा १५ शैयाको प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा उहाँले ५ वर्ष भित्र नेपाली कांग्रेसले सबै स्थानीय तहमा स्वास्थ्य अस्पताल पुर्याउने उद्देश्य लिएकोले यो प्राथमिक अस्पताल खुल्नु उपलब्धिपूर्ण भएको उल्लेख गर्नुभयो । सांसद केसीले चन्द्रागिरि नगरमा भएको एक मात्र प्राथमिक अस्पतालले जनविश्वास जिति बढी भन्दा बढी व्यक्तिलाई सेवा दिनसके यसको महत्व अझ बढ्दै जाने बताउनु भयो । अहिले प्राथमिक अस्पतालको जनविश्वास घटिरहेको समयमा स्वास्थ्यकर्मी, अहेव, जनप्रतिनिधि सबै मिलेर स्वास्थ्य सेवालाई सुधार गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा लगाइरदा जनताको श्वास्थ्य नै पहिलो समृद्धि भएको उल्लेख गर्दै यसलाई पहिलो प्राथमिकतामा राख्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा उहाँले नेपालमा बेला बेलामा शासन फेरिदै जाँदा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुँदै आएको बताउनु भयो । राणा शासन अन्त्य गर्न देखि लिएर गणतन्त्र र संविधान निर्माणसम्म नेपाली कांग्रेसको भूमिका अग्रपंक्तिमा रहेको स्मरण गराउनु भयो । उहाँले अहिले सरकारले कानून निर्माण प्रक्रियालाई धमाधम अगाडि बढाइरहेको बेला कुनै जाति विशेषलाई विभेद हुने किसिमले कानून नबनाउन सरकारलाई आग्रह गर्नुभयो ।

यसैगरी संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले यो अवसर तत्कालिन माओवादी केन्द्रका नेता अहिले नेकपाका नेता गिरिराज मणि पोखरेलको कारणले आज यो अबसर जुटेको बताउनु भयो । पोखरेल स्वास्थ्यमन्त्री हुँदा यो प्राथमिक अस्पताललाई १ करोड १४ लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो ।

उहाँले प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पताललाई थप ५० लाख रुपैयाँ सहयोग गर्नुभएकोमा धन्यवाद समेत दिनुभयो । सांसद श्रेष्ठले यो अस्पतालको जमीन प्रयाप्त मात्रामा भएकोले यो अस्पताललाई बच्चा जन्माउने अस्पतालको रुपमा मात्र नभई सबै रोगको उपचार गर्ने अस्पतालको रुपमा विकास गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले अब राजनीतिको लडाई सक्किएको बताउँदै समृद्ध नेपाल बनाउन सबैलाई लाग्न पनि आग्रह गर्नुभयो ।

त्यसैगरी प्रदेश सांसद रमा आलेमगरले यो प्राथमिक अस्पताललाई देशकै केन्द्रविन्दुको रुपमा अगाडी बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । अहिले देशै भरका स्थानीय तहका सरकारले काम गर्न नसकेको भन्दै विरोध भइरहँदा चन्द्रागिरि नगरपालिकाले एउटा उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले यो अस्पताललाई सुरुबाटै व्यवस्थित तरिकाले चलाउन अस्पतालका संचालकहरुलाई आग्रह गर्नुभयो । सुरुवातीमै नराम्रो म्यासेज गए जुन उद्देश्यका साथ खोलिको अस्पताल हो त्यसले पूर्णता पाउन नसक्ने हुँदा सबैलाई इमान्दारिताका साथ लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सांसद आले मगरले थानकोटको त्रिभुवन पार्कलाई बाेटानिकल त्रिभुवन पार्कको रुपमा निर्माण गर्ने बताउनु भयो । अहिले पार्कको अवस्था ज्यादै नाजुक रहेको भन्दै उहाँले पहिला गर्न चाहेर पनि गर्न नसक्ने अवस्था थियो अब आफु गर्न सक्ने ठाउँमा पुगेकोले पार्कको मुहार केही वर्षमै फेरिदिने दाबी गर्नुभयो ।

यसैगरी चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले प्रशुति गृहको चापलाई कम गर्न पश्चिम भेगको यो प्राथमिक अस्पतालले सहयोग गर्ने बताउनु भयो । उहाँले प्राथमिक अस्पताल पनि क, ख र ग तीन वर्गको हुने बताउँदै यो अस्पताललाई क वर्गको टाइप वानमा राख्न मुख्यमन्त्री डोरमणि पौडेललाई लिखित जानकारी गराएको उल्लेख गर्नुभयो । उहाँले यो अस्पताललाई चौविसै घण्टा संचालनमा ल्याउन नगरपालिकाले सक्दो सहयोग गर्ने र सबैलाई सहयोग गर्न पनि आग्रह गर्नुभयो । प्रयाप्त मात्रमा जमीन रहेको यो स्थानमा प्रशुतिको मात्र नभई बाल अस्पताल, क्षयरोग, मुटुरोग आदिको उपचार केन्द्रको रुपमा निर्माण गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा संघीय सांसद अन्जना विसंखे, विणा श्रेष्ठ, प्रदेश ३ का सामाजिक विकास मन्त्री यूवराज दुलाल, प्रदेश ३ का सांसद केशव पोखरेल, पुकार महर्जन, डा. अजय क्रान्ति शाक्य, उर्मिला कर्माचार्य, बेलिमाया घलेको उपस्थिति रहेको थियो ।

त्यस्तै जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख श्री शिव सुन्दर राज वैद्य, प्रदेश ३ का प्रमुख सचिव आनन्द राज ढकाल, स्वास्थ्य सेवा विभाग टेकुका महानिर्देशक डा. गुणराज लोहनी, कीर्तिपुर नगरपालिकाका नगरप्रमुख श्री रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, थाहा नगरपालिकाका नगरप्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी, चन्द्रागिरि नगरपालिकाका उपमेयर लिशा नकर्मी, चन्द्रागिरि नगरपालिकाका नगर प्रवक्ता हरिभक्त महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलको उपस्थितिरहेको थियो ।

यसैगरी काठमाडौं जिल्ला प्रमुख अधिकारी रामप्रसाद आचार्य, सामाजिक विकास मन्त्रालयका सचिव दीपेन्द्र सुवेदी, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका निर्देशक डा. भिमसि टिंकरी, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक मोहम्मद दाउद, स्वा.से.वि.वे.म का निर्देशक रमेश अधिकारी, सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर बाहिनी प्रमुख प्र.ना. महानिरिक्षक खडकबहादुर राई, एपिएफ अस्पतालका प्रमुख सप्रवउ हरिशचन्द्र अधिकारी र चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाका अध्यक्ष, वडा सदस्यलगायतको उपस्थितिरहेको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected