0Shares

तनहुँ, २९ पुस । तनहुँको व्यास नगरपालिका–१ गल्वुवेशी निवासी रमेशचन्द्र हड्खललेले ३० वर्ष अघि निर्माण गरिएको अमिलो पेल्ने कोल, वर्षौ अघिको धान कुट्ने ढिकी र अन्न पिस्ने जाँतो संरक्षण गरेर राख्नु भएको छ । सुरक्षित गर्ने क्रममा खड्खलेले ति सामग्रीको प्रयोग गरेर नातिनातिनालाई सिकाउँदै आउनु भएको छ । सोही वडाको भादगाउँ स्थित निर्मल माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक समेत रहनु भएका हड्खलेले भावी सन्ततीको जानकारी लागि संरक्षण र सीप सिकाउनको लागि प्रयोग गर्दै आईरहनु भएको हो ।
हाम्रा पूर्खाहरुले परम्परागत सामग्रीको प्रयोगबाट मेशिनबाट हुने स्वास्थ्यको नोक्सानीलाई जोगाउन सकेका थिए हड्खलेले भन्नुभयो, फलामे औचारहरुमा लागेको खिया खानेकुरामा मिसिने, श्वादिष्ट नहुने बेफाईदा पनि छन् त्यसतर्पm ध्यान दिनु जरुरी छ । पम्परागत रुपमा प्रयोगमा आएका धेरै चिजहरु वैज्ञानिक भएकोले हालको लागि उत्तिकै सान्र्दभिक र उपयोगी भएकाले त्यस्ता सामग्री पहिचान गरेर संरक्षण गरिनु पर्ने हड्खललेको भनाई । हड्खलेले यतिबेला पम्पम्परागत कोलको प्रयोग गरेर निबुवा, कागती, ज्यमिर, विमिरो र भोगटे (भब्बे)लाई कोलमा पेलेर छुट्टटा छुट्टै अमिलोलाई आगोमा पकाएर भण्डारण गर्नु भएको छ ।

‘जाँतो अभैm पनि धेरैले प्रयोग गर्दै आएपनि ग्रामिण क्षेत्रमा सञ्चालित परम्परागत प्रविधिमा आधारित कोल, ढिकी हराउन थालेका छन् हड्खलेले भन्नुभयो, सन्ततीलाई जानकारी दिन विद्युतबाट चल्ने मिक्सरको प्रयोग नगरी पुरानै प्रविधिको प्रयोग गरेको हुँ । अमिलो पोलेको, काटेको भिडियो नातिनातिनाले टिकटकमा राख्दा लोकप्रिय बन्न पुगेको हड्खलेले जानकारी दिनुभयो । ‘नतिनी समिक्ष शर्माले बनाएको टिकटक नौ लाख भन्दा बढीले हेरको छन्, यसले पुरानो कुरा प्रति रुची र चासो युवापुस्तामा छ संरक्षणको लागि वातावरण बनाउने काम हाम्रो हो’ हड्खलेले भन्नुभयो । ग्रामीण भेगसम्म विधुतिकरण हुनु यातायातको पहुँच पुग्ने जस्ता कारणले परम्परागत कोलहरू हराउँदै जान थालेका छन् नयाँ प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो, र तोरी पेल्ने परम्परागत कोल, धान कुट्ने ढिकी, अन्न पिस्ने जाँतो गाउँबाटै लोप भएका छन् ।
तोरी, झुसेतिल जस्ता तेलहन बालीको खेती गर्न कम भएसँगै बजारमा प्याकिङ गरेर खाने तेल आउन थालेपछि कोल हराउँदै जान थालेको बुढापाका बताउँछन् । व्यास नगरपालिका–११ पोल्याङका खडानन्द कैनी परम्परागत कुराहरुलाई लोप हुनबाट बचाउनु पर्ने बताउनुहुन्छ । स्वास्थ्यका लागि लाभदायक खान पनि मिठो भएकोले सरक्षण गरिनु पर्ने बताउनुहुन्छ । खान स्वादिलो हुने भएकोले ढिकीमा कुटेको चिउरा र धानको बजारमा माग बढ्दै गएको छ कैनीले भन्नुभयो, पाँचतारे होटलमा ढिकीमा कुटेको दाउरामा पकाएको खानेकुरा महंगो तिरेर खाने मान्छे प्रशस्त बनाउन सकिन्छ त्यस तर्पm ध्यान दिनु जरुरी छ । बजारमा पाइने विभिन्न किसिमका ‘प्याकिङ’ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएको कैनीले जानकारी दिनुभयो । कोल, ढिकी लोपसँगै सामूहिक भावनामा पनि असर पर्दै गएको कैनीको भनाई छ ।
‘तेलबाली लगाउन पनि छोडे, उखु लगाउन छोडे, मिठो चिउरा हुने घैया धान कसैले लगाउँदैनन् बिउ नै मासिने क्रम बढेकाले परनिर्भरता बढाएको छ’ कैनीले भन्नुभयो । हिउँदको समयमा प्रायः मानिसहरू फुर्सदिला हुने भएकाले गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर प्रत्येक परिवारले पालैपालो चिउरी, तोरी पेल्ने चलन रहेको कैनीले स्मरण गर्नुभयो । पहिले त कोल प्रायः सामुदायिक हुन्थे गाउँभरिकै एउटै कोल भएकाले गाउँभरिका जम्मा भएर पालैपालो तेल पेल्ने र कोलका खाँबा फेर्नु परेमा समुदायका सबै जम्मा भएर जङ्गलबाट सालको काठ बोकेर ल्याउने गरिएको उहाँले बताउनुभयो । केही वर्ष अघि सम्म प्रत्येक गाउँमा हुने यस्ता कोल अहिले लोप भइसकेका छन् ।

कोलमा तेल पेल्नका लागि धेरै जनशक्ति सँगै शारीरिक श्रम पनि बढी लाग्ने तर बजारमा सजिलै बजारमा तेल किन्न पाइने भएपछि कोल लोप हुने अवस्थामा पुगेको हो । कोलमा उखु पोलेर रसेटोमा पकाएर तातो तातो खुदो खाएको सम्झना मात्रै बनेको पोल्याङ्गका रामु पन्थ बताउँनुहुन्छ । ‘गाउँमा कोल छैन, उखु खेती पनि खासै हुँदैन, न्यून सङ्ख्याक केही व्यक्तिले दमौलीमा लगेर मेसिनमा पेलेर रस ल्याउने गरेका छन्’ पन्थले गोरखापत्रसँग भन्नुभयो ।

कृषिप्रधान अधिकांश नेपाली ग्रामीण जीवन यापनको अनिवार्य अङ्ग हुन् यी सीप र संस्कृति । तर आधुनिकतासँगै भित्रिएको नविनतम प्रविधि, औजार उपकरणले यसलाई विर्सदै गएको छ नेपाली समाजले ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected