18Shares

पोखरा । कास्की निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार माधव प्रसाद बास्तोला निर्वाचन अभियानका क्रममा आइतबार अपराह्न सिँढीबाट चिप्लिँदा देब्रे हातमा चोट लागेर फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत भएका छन्। चिकित्सक टोलीद्वारा गरिएको शल्यक्रिया सफल भएको र हाल चिकित्सकको सल्लाहअनुसार विश्रामरत अवस्थामा रहेको जनाइएको छ।

उम्मेदवार बास्तोलाले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र कुनै चिन्ताजनक अवस्था नरहेको स्पष्ट गर्दै कास्की–२ का मतदाता, नेपाली काँग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा परिवारजनबाट प्राप्त माया, शुभेच्छा र हौसलाप्रति आभार व्यक्त गरेका छन्। चोटका बाबजुद आफ्नो राजनीतिक संकल्प र नागरिकप्रतिको जिम्मेवारी कमजोर नहुने बताउँदै, आवश्यक विश्रामपछि पुनः सक्रिय रूपमा निर्वाचन अभियानमा फर्किने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

18Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected