
पोखरा । पोखरा महानगरपालिका वडा नं. ६ को आयोजनामा सञ्चालित १५ दिने नि:शुल्क मेकअप तथा स्किन केयर तालिम सम्पन्न भएको छ।
श्रेना युनिसेक्स सलोन एण्ड एकेडेमी प्रा लि को प्राविधिक सहयोगमा संचालन तालिम गत वैशाख १५ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो। प्रा लि का संचालक शर्मिला रानाभाट प्रशिक्षक रहेको उक्त तालिम लेकसाइड, जरेबरस्थित कोपिला नेपालको सभाहलमा सम्पन्न भएको थियो भने तालिममा ४३ जना स्थानीय प्रशिक्षार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

स्थानीय नागरिकलाई आत्मनिर्भर, स्वरोजगार तथा आर्थिक रूपमा सबल बनाउने उद्देश्यले उक्त तालिम वडा नं. ६ क वडाध्यक्ष बिष्णु बहादुर भट्टराईले बताए। उनका अनुसार एकेडेमीका दक्ष प्रशिक्षकहरूले सहभागीहरूलाई आधुनिक व्यावसायिक मेकअप तथा छालाको उचित हेरचाह सम्बन्धी प्रयोगात्मक ज्ञान र सीप प्रदान गरेका थिए।
समापन समारोहमा वडा सचिव राम बहादुर खत्री, वडा सदस्य शोभा जलारी, वडा नम्बर ३ का वडा सदस्य सवि परियार, कोपिला नेपालका अध्यक्ष बिना सिलवाललगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै आयोजक तथा स्थानीय जनप्रतिनिधिहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक रूपमा अघि बढ्न सहभागीहरूलाई आग्रह गरे। वडा कार्यालयले आगामी दिनमा पनि स्थानीयको आवश्यकता र मागअनुसार यस्ता रोजगारमूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। तालिम समापनका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो।







सम्बन्धित खवर















