0Shares

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड समृद्धि फाइनान्स लिमिटेडले असार २६ गते शुक्रबारदेखि ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन्।

एकीकृत कारोबारका लागि डाटा माइग्रेसनलगायत प्राविधिक कार्य सम्पन्न गर्नुपर्ने भएकाले असार २५ गते दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा एक दिनका लागि बन्द रहने पोखरा फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुंगले जानकारी दिए ।

उनका अनुसार मर्जरपश्चात् समृद्धि फाइनान्सको अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, कर्जा तथा अन्य सम्भावित दायित्व पोखरा फाइनान्सले ग्रहण गर्नेछ। एकीकृत संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित पूर्व समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected