80Shares

पोखरा भ्यूज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाएपछि प्रभावित बनेको शेयर बजारमा गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २.६२ प्रतिशत घटेको हो ।

सोमबार नेप्से ६९.६० अंक घटेर २५८७.३६ विन्दुमा टेकेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १२.६ अंक, फ्लोट इण्डेक्स ५.०४ अंक र सेन्सेटिभ इण्डेक्स अंक समेत तल झरेको छ। यस दिन २१८ कम्पनीको ४० हजार ४०१ पटकको कारोबारमा २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार रुपैयाँ बराबरको ८७ लाख ७६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसमूहमध्ये व्यापार उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक गिरेको छ। यद्यपि व्यापार उपसमूहको परिसूचक भने ०.६३ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक ४.२६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, जीवन वीमा र लगानीको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने अन्य र म्युचुअल फण्डको १ प्रतिशतभन्दा बढी घटेको छ।

घटेको बजारमा १० कम्पनीको शेयरमूल्य भने बढेको छ। जसमध्ये एनआईसी एशियाको ऋणपत्रको मूल्य सर्वाधिक २ प्रतिशत बढेको छ।भने घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर, कालिका पावर, युनिभर्सल पावर, बरुण हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स र किसान लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

80Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected