0Shares

पोखरा भ्यूज
काठमाडौं ।नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका छन्।
बैंकहरुले कात्तिक १ गतेदेखि लागू हुने गरी अधिकतममा ११.६७ प्रतिशतसम्मको ब्याजदर सार्वजनिक गरेका थिए।

जथाभावी ब्याजदर बढाउन थालेपछि राष्ट्र बैंकले अघिल्लो महिनाको तुलनामा १० प्रतिशतमात्र ब्याजदर बढाउन पाउने गरी कडाई गरेपछि बैंकहरु ब्याजदर संशोधन गर्न वाध्य भएका हुन् । नेपाल राष्ट्र बैंकले बैंकहरुको पनि बैंक अर्थात् केन्द्रीय बैंक हो ।संशोधनपश्चात अधिकांश बैंकहरुको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन्।

राष्ट्र बैंकको निर्देशन पालना गर्दै बैंकहरुले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमार्फत् संशोधित ब्याजदर सार्वजनक गरेका छन् । राष्ट बैंकले पत्रपत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको थियो । अहिले बैंकहरुको अधिकतम ब्याजदर ९.४१ प्रतिशत पुगेको छ।

 

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected