
पोखरा भ्यूज
काठमाडौं । सर्वसाधारणका लागि निष्काशित न्यादी हाइड्रोपावर लिमिटेडको शेयर शुक्रबार बाँडफाँट हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले मंगलबार प्रिअलटमेन्टको काम सकाएपछि शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँट गर्ने बताएको छ ।
कम्पनीले असोज १५ गते देखि १९ गतेसम्म सर्वसाधारणको लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओमा २३ लाख ५७ हजार १६६ आवेदनबाट २ अर्ब ९४ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवदेन परेको छ।
यो सर्वसाधारणलाई निष्काशन गरेको २० लाख ९२ हजार ५०० कित्ताको १४.०९ गुणा बढी हो । मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम नै न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ। त्यसरी वितरण गरिने शेयरमा २ लाख ९ हजार २५० आवेदकले मात्रै गोलाप्रथाबाट न्यूनतम १० कित्ता शेयर पाउनेछन् भने बाँकी २१ लाख ४८ हजार आवेदकको हात खाली हुने निश्चित छ ।





सम्बन्धित खवर
















