
0Shares
पोखरा भ्यूज
काठमाडौं । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ बर्षका भीमबहादुर विकको हत्या विरुद्ध अधिकारकर्मीले शनिकार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । दशैंको महानवमीको दिन मन्दिरमा पूर्जा गरेको विषयलाई लिएर भीमबहादुमाथि कुटपिट हुँदा उनको ज्यान गएको थियो । अधिकारकर्मीले जातीय विभेदकै कारण भीमबहादुरको हत्या भएको भन्दै विभेद अन्त्य गर्न माग समेत गरेका छन् । उनीहरुले भीमबहादुरको पोस्टमार्टम रिपोर्ट सार्वजनिक गर्नुपर्ने, हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रहरीले भीमबहादुरको हत्या आरोपमा संलग्न स्थानीय ४० वर्षीय सीताराम बस्नेत र ३६ वर्षीय दिलीप श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















