
0Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने यसको संक्रमणबाट थप एकको मृत्यु भएको छ। २ हजार १३४ जनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ जनाको एन्टिजेन परीक्षणमा११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ३९६ जना संक्रमित निको भएका छन् ।

शनिबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार २३२ पुगेको छ । जसमध्ये ११ हजार ४३९ जनाको मृत्यु भएको छ भने ७ लाख ९४ हजार ८३४ जना संक्रमणमसक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ७ हजार ५२४ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै ६२० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १९६ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
0Shares






© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।