
काठमाडौं । तिहार बिदापछि सोमबार भएको पहिलो शेयर कारोबारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक १९ दशमलव २० अंकले घटेर २ हजार ८ सय २९ दशमलव ६४ मा ओर्लिएको छ ।
कारोबार रकम भने ४ अर्ब ४२ करोड ७ लाख रुपैयाँसम्म भयो ।घट्दो बजारमा पनि ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य आज स्थिर रह्यो ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १० उपसमूह राताम्मे हुँदा आइसीएफसी फाइनान्स र साहस ऊर्जाको शेयर मूल्य १० प्रतिशतले बढेको थियो ।यस्तै तेह्रथुम पावर, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर ९ प्रतिशत बढीले बढ्यो । सोमबारको बजारमा धेरै गुमाउने कम्पनीहरुमा सपोर्ट माइक्रोफाइानान्स, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी लगायत छन् ।
आज महालक्ष्मी विकास बैंक, नबिल बैंक र आइसीएफसी फाइनान्सको सेयरमा खरिद चाप देखिएको थियो । महालक्ष्मी विकास बैंकको ५२ करोड रुपैयाँको सेयर खरिद बिक्री हुँँदा नबिल बैंकको ३० करोड र आइसीएफसी फाइनान्सको २२ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।







सम्बन्धित खवर
















