4Shares

पोखरा भ्यूज

पोखरा । कालिका बहुमुख क्याम्पस पोखराले बिहिबार ‘यूके’को ओएटीएस एकेडेमीको सहयोगमा पर्यटनमा ‘फरक क्षमता भएका व्यक्तिहरुको पहुँच’ विषयक अन्तर्राष्ट्रिय कन्फ्रेन्सको आयोजना गरेको छ । ओटीएस एकेडेमीको स्थानीय पार्टनर रहेको क्याम्पसले आयोजना गरेको उक्त कन्फ्रेन्समा भारतको अनन्त नेशनल विश्वविद्यालयकी एशोशियट प्राध्यापक डा. भेनेसा जि.बी.ले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । सो क्रममा उनले पर्यटनको विकासमा फरक क्षमता भएका व्यक्तिहरुलाई पनि अवसर दिइनु पर्ने उल्लेख गरिन् ।

क्याम्पस प्रमुख विरञ्जि गौतम, सहायक क्याम्पस प्रमुख युवराज गुरुङ, अर्का सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले प्रा डा.भेनेसालाई क्याम्पसमा स्वागत गर्दै मायाको चिनो प्रदान गरेका थिए । सहायक क्याम्पस प्रमुख गौतमले ओटिएस एकेडेमीको सहयोगले क्याम्पसको शैक्षिक विकासमा सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रममा क्याम्पसका कर्मचारी, प्राध्यापक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।क्याम्पसले मंगलबार आयोजना गरेको कन्फ्रेन्समा प्रा.डा. रमेशराज कुँवर,  प्रा.डा डायर्क रिसरले कार्यपत्र प्रस्तुत गरेका थिए ।

4Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected