२०८३ कार्तिक २१, शनिबार Saturday, November 7, 2026
खबर

प्याराग्लाइडिङ पोखराको पहिचान हो, विस्थापन गर्न हुँदैन : बराल

पोखरा । नेपाली कांग्रेसका युवा नेता एवं कास्की क्षेत्र नं.३ (ख) का उम्मेद्वार प्रकाश बरालले प्याराग्लाइडिङ पोखराको पहिचान भएकोले विस्थापित गर्न नहुने बताएका छन् । पोखरा आउने हरेक पर्यटकको रोजाई र गन्तव्य भएकाले प्याराग्लाइडिङ विस्थापित गर्न नहुने उनले स्पष्ट पारे ।
‘प्याराग्लाइडिङ व्यवसायले सयौं युवाहरुले रोजगारी पाएका छन् । पोखराको अधिकांश पर्यटन यसैले धानेको छ,’ उनले भने, ‘यसलाई विस्थापन गर्ने कुरा सुहाउँदो होइन । अन्तर्राष्ट्रिय उडान नहुने समय छुट्याएर प्याराग्लाइडिङ निरन्तर चल्नुपर्छ ।’
एक भेटघाटमा उनले प्याराग्लाइडिङ विस्थापनको विरुद्ध आवाज उठाउने र सम्बन्धित ठाउँमा पैरवी गर्ने प्रतिबद्धता पनि जनाए । ‘सन् १९९६ देखि यहाँ प्याराग्लाइडिङ उडान शुरु भएको हो । सन् २००० देखि भने व्यावसायिक रुपमा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा आएका छन् । अहिले पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी छन् । यसमा करिब डेढ अर्ब रुपैयाँको लगानी छ’, उनले भने, ‘यस विषयमा सबै गम्भीर भएर सोच्न आवश्यक छ ।’
प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै विस्थापित हुने डरले व्यवसायीहरु चिन्तित बनेका छन् । यो व्यवसायमा करिब ३७५ पाइलट आवद्ध छन् भने करिब दुई हजारले रोजगारी पाएका छन् । पोखरामा तीन वटा प्याराग्लाइडिङ फ्लाइङ स्कूल, चार वटा अल्ट्रालाइट कम्पनी र एउटा हटएयर बेलुन कम्पनी सञ्चालनमा छन् ।
‘पछिल्लो समय साहसिक हवाई खेलकुदले पोखराको पहिचान थपेको छ । प्याराग्लाइडिङ व्यवसाय बन्द वा स्थानान्तरण हुँदा व्यवसायीलाई मात्रै होइन, समग्र पोखराको पर्यटन क्षेत्र नै तहस नहस हुन सक्छ’, उम्मेद्वार बरालले भने ।  \
आउँदो जनवरी १ देखि अन्तराष्ट्रिय उडान गर्ने नागरिक उड्ययन प्राधिकरणको तयारी छ । त्यसअघि नै प्याराग्लाइडिङ कम्पनीलाई विकल्प खोज्न निर्देशन दिइएको छ । तर व्यवसायीले पोखराबाट प्याराग्लाइडिङ विस्थापन गर्न नहुने अडान राख्दै आएका छन् । उनीहरुले पोखराकै आकाशमा समय मिलाएर उडाउन पाउनुपर्ने माग राखेका छन् । उम्मेद्वार बरालले व्यवसायीको माग जायज भएकोले स्थानान्तरण गर्न नहुने बताएका हुन् ।
\‘प्याराग्लाइडिङ पोखराको फस्टाउँदो ब्राण्ड हो । यहाँ आएका जोसकुै पर्यटक एक पटक प्याराग्लाइडिङमा उडेर हावासँग कावा खान चाहान्छ,’ बरालले भने, ‘अन्यत्र सार्दा यसको महत्व घट्न सक्छ । फेवातालमाथि उड्नु र अन्यत्र उड्नुमा त धेरै फरक पर्छ ।’
यही निर्णयले पोखराको पर्यटन क्षेत्र नै ध्वस्त हुन सक्ने भन्दै जिम्मेवार भएर निर्णयमा पुग्न प्राधिकरणलाई उनको आग्रह छ । बरालले पोखराको पर्यटन विकासमा आफ्नो प्रमुख जोड रहेको बताए । उनले फेवातालको नियमित सरसफाई र यसको लाभ समान वितरणमा आफ्नो चासो रहेको सुनाए ।
‘फेवाको घेरोमा फुट ट्रयाक बनाएर पर्यटकलाई घुमाउनुपर्छ । तालको सीमा रहेका सबै क्षेत्रले पर्यटकबाट प्राप्त हुने लाभको उपभोग गर्न पाउनुपर्छ,’ उनले भने, ‘ताल जोगाउने पनि हामी नै हो, यसको लाभ पाउने पनि हामीले नै हो ।’ उनले ताल पुर्ने शिरका खोलाहरुमा चेक ड्याम निर्माण गर्ने र माथिल्लो तटीय क्षेत्रमा वृक्षरोपण गर्ने योजना घोषणापत्रमा उल्लेख गरेका छन् ।
यस्तै, पर्यटन क्षेत्र कोरोना र भूकम्प लगायत महामारीका कारण शिथिल बनेको भन्दै यसलाई उकास्न सरकारले विशेष राहत प्याकेज ल्याउनुपर्ने बरालको माग छ । निर्वाचित भएपछि संसदमा नियमित रुपमा पर्यटन व्यवसायको हक र हितमा पैरवी गर्ने उनको भनाइ छ ।

Read more

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…

आज धनतेरस पर्व मनाइँदै, धन्वन्तरी, लक्ष्मी र कुबेरको पूजा आराधना गरिँदै

काठमाडौं। हिन्दू धर्मावलम्बीहरूले आज धनतेरस पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। तिहारको पहिलो दिनका रूपमा मनाइने यस पर्वमा भगवान् धन्वन्तरी, धनका देवता कुबेर तथा माता लक्ष्मीको विशेष पूजा आराधना…

करिब २ करोड लगानीमा अन्नपूर्णमा कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन निर्माण

अन्नपूर्ण, कास्की । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED) को आर्थिक सहयोगमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा निर्माण गरिएको कृषि, पशुपन्छी तथा मत्स्य विकास सेवा केन्द्रको भवन उद्घाटन…

पोखरामा भित्रियो बीएआईसी र आर्कफक्स, अमरसिंह चोकमा नयाँ सोरुम उद्घाटन

३७ लाख ९६ हजारको विद्युतीय कारदेखि एक करोड २५ लाखको हाइब्रिड एसयूभीसम्म उपलब्ध, गण्डकीका ग्राहकले एउटै छानामुनि पाउनेछन् आधुनिक सवारीसाधन। पोखरा, कार्तिक १९ । अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्ड बीएआईसी…