0Shares
पोखरा । पोखरा लेडी जेसीजले जेसीज सप्ताह–२०८३ को अवसरमा विविध सामाजिक तथा जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ । संस्थाले बुधबार पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी कार्यक्रमको औपचारिक घोषणा गरेको हो।
“सीप र सेवा: सक्षम व्यक्ति, समृद्ध समाज” भन्ने मूल नारासहित २०८३ वैशाख २५ गतेदेखि ३१ गतेसम्म विभिन्न कार्यक्रम सञ्चालन गरी मनाइने अध्यक्ष जेसी सुनिता गौतम भण्डारीले बताइन् । युवाहरूको व्यक्तित्व तथा नेतृत्व विकाससँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले कार्यक्रमहरू तय गरिएको उनको भनाइ छ ।
कार्यक्रमअन्तर्गत उद्घाटन सत्रसँगै साइबर अपराध तथा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिनेछ, जसको संयोजन जेसी सन्तोषी अर्यालले गर्नेछिन्। त्यसपछि निःशुल्क स्वास्थ्य शिविर संयोजकमा जेसी डा. नमिता अधिकारी, माइन्डफुलनेस तथा वित्तीय साक्षरता तालिम संयोजक जेसी अन्जना सुवेदी, कृषि स्वास्थ्य सचेतना तथा मल वितरण कार्यक्रम संयोजक जेसी सरिता भुजेलले गर्नेछिन्।
यस्तै, विद्यालयमा पोषण तथा पोशाक वितरण कार्यक्रम संयोजक जेसी शारदा लामिछाने, लेखा व्यवस्थापन तथा उद्यमशीलता तालिम संयोजक जेसी दुर्गा तिलिजा तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना शिविर संयोजक जेसी एलिसा भुजेलसमेत आयोजना गरिने तालिकामा उल्लेख छ।
सप्ताहको अन्तिम दिन लेकसाइडस्थित बिजीबी रिसोर्टमा समापन समारोह आयोजना गरिनेछ, जसको संयोजन जेसी सुष्मा बरालले गर्नेछिन्   कार्यक्रममा विद्यार्थी, कृषक, ग्रामीण समुदाय, संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहने जनाइएको छ।
पोखरा लेडी जेसीजका कार्यकारी उपाध्यक्ष एवम जेसीज सप्ताह मूल संयोजक जेसी बिनिता के. सी. ले  समाजसेवा र नेतृत्व विकासलाई जोड दिँदै विगत वर्षहरूझैँ यस वर्ष पनि जेसीज सप्ताहलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
समाजप्रति उत्तरदायी युवाको भूमिका सुदृढ गर्दै समुदायमा प्रत्यक्ष योगदान पुर्‍याउने लक्ष्यसहित कार्यक्रम ल्याइएको संस्थाका महासचिव जेसी सृजना आलेको भनाइ छ।संस्थाले सम्पूर्ण सरोकारवालालाई कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि आह्वान समेत गरेको छ।
0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected