0Shares

काठमाडौं । उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै लैजाने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अबसरमा राष्ट्रिय नागरिक बिकास मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले जनताको स्वाथ्यको अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो । यादवले स्वास्थ्य बीमा कार्यक्रम अब छिट्टै सबै जिल्लामा लागू हुने धारणा राख्नुभयो । उहाँले रोग लाग्न नदिन स्वच्छ वातारण निर्माण गर्नुपर्ने पनि बताउनुभयो । खाद्य पदार्थ, पिउने पदार्थ र वातावरणलाई ध्यान दिन सके रोग लाग्नबाट बच्न सकिने जिकिर गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected