0Shares

चितवन ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओली माघ १७ गते चितवन जाने हुनु भएको छ् । भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने बृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लाग्नुभएको हो । आज (आइतबार) भरतपुरमा नेकपा ओलीपक्षद्धारा आयोजित पत्रकार सम्मेलनमा मार्फत जनसभाको बारेमा जानकारी दिइएको छ । सभामा चितवनका विभिन्न पालिकाहरुबाट ५० हजार जनता सहभागी गराउने लक्ष्य राखिएको छ ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । दिउसो १२ बजेबाट आमसभा सुरु हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताउनु भयो ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected