
पोखरा भ्यूज
काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ सम्म हुने महाधिवेशन चितवनमा हुने भएको छ । विहीबार स्थायी कमिटी बैठकले महाधिवेशनको तयारी गर्न मूल व्यवस्थापन समिति पनि गठन गर्ने निर्णय गरेको छ ।
बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समिति समेत गठन गरेको छ । नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल समितिमा छन् । यसबाहेक सातै प्रदेश र सम्पर्क समन्वय कमिटीको प्रतिनिधि मूल व्यवस्थापन समितिमा रहने बैठकले निर्णय गरेको छ ।
बैठकले बाढी, पहिरो र डुवान प्रभावित क्षेत्रको वडा अधिवेशन र पालिका अधिवेशन सार्ने निर्णय गरेको छ । यद्यपि कात्तिकभित्र सबै वडा र पालिका अधिवेशन गरिसक्ने एमालेको तयारी छ । अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने गरी विहीबारको बैठक अन्त्य भएको छ । भोलिको बैठकमा दश बुँदे कार्यान्वयनमा देखिएको समस्याबारे समेत छलफल गर्ने कार्यसूचीमा राखिएको छ ।





सम्बन्धित खवर
















