63Shares

पोखरा भ्यूज
पोखरा । जनप्रिय बहुमुखी क्याम्पसमा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । विविए/ विआईएम अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रम एक समारोहका बीच सम्पन्न भएको हो । विद्यार्थीबीचमा आपसी मित्रता कायम गर्नका लागि खेलकुद प्रतियोगिताको आयोजना गरिएको जानकारी गराइएको छ ।
खेलकुद अन्तर्गत छात्र तथा छात्रा दुवैका लागि भलिबल, फुटबल, बास्केटबल, चेस, ब्यान्डमिन्टन, क्रिकेट लगायतका प्रतियोगिता गरिएको थियो । प्रतियोगिताबाट प्रथम तथा द्धितिय हुने खेलाडीहरुलाई पुरस्कृत समेत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वोज कुमार गुरुङले विद्यालय र क्याम्पसहरुमा आयोजना हुने खेलकुदका कार्यक्रमहरुले नयाँनयाँ खेलाडी उत्पादन गर्ने बताए ।
सहायक क्याम्पस प्रमुखहरु कृष्ण बाबु बराल तथा मेखराज पौडेलले आगामी समय पनि विद्यार्थीका अन्तरनिहित प्रतिभाका लागि खेलकुद जन्य कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । विद्यार्थी लक्षित नयाँ नयाँ कार्यक्रमहरु गर्दै क्याम्पसलाई थप परिमार्जित गर्दै लैजाने उद्देश्य आफुहरुको रहेको जानकारी उनीहरुले गराएका छन् ।
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति समेत राखिएको थियो । कार्यक्रमको संचालन विविएकी शोभा मल्लले गरेकी थिइन् । विविए/विआईएमका अध्यक्ष विनिश गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रम पोखरा रंगशालामा सम्पन्न भएको थियो ।

63Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected