
0Shares
पोखरा भ्यूज
२५ मंसिर, दाङ । नाटकीय प्रेम गरी ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई महिला र एक पुरुष भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार गढवा गाउँपालिका– ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–६ दशरथ टोलमा बस्ने अनुष्का सिंह भनिने ३५ वर्षीया कृष्णा गहतराज, तुलसीपुर–१८ ग्वारखोला बस्ने ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका–१० नारायणपुर बस्ने जनक भनिने २६ वर्षीय रुद्रबहादुर केसी पक्राउ परेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर

















