0Shares

पोखरा भ्यूज
२ माघ, पोखरा। पोखरामा दुर्घटनाग्रस्त विमान दुर्घटनामा परी मृत्यु वरण गरेका यात्रुहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञलाई पोखरा झिकाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहाल पोखरा आउन लागेका हुन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि विज्ञ चिकित्सक समेटिएको राष्ट्रिय टिम बनाइने भएको छ । पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाएर शव परीक्षण गरी पोखरा हुने आफन्तलाई शब बुझाउने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ । चार जनाको शवको खोजी भइरहेको छ । भेटिएका शवमध्ये २६ जनाको पहिचान भएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected