0Shares

पोखरा भ्यूज सम्वाददाता

मुगु – मुगुको छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने झ्यारीखोलामा मंगलबार भएको यात्रुबाहक बस दुर्घटनामा चालकसहित ३२ जनाले ज्यान गुमाएका छन् । तीमध्ये २२ पुरुष र १० महिला छन् ।

नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुबाहक बस मंगलवार दिउँसो १ बजेतिर झ्यारीखोलामा दुर्घटनाग्रस्त भएको थियो । प्रत्यक्षदर्शीका अनुसार सो बस सडकबाट झ्यारीखोलाको भीरमा झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा १३ जना गम्भीर घाइते भएका छन् ।

मृतकहरुमध्ये अधिकांश छाँयानाथ रारा नगरपालिकाका बासिन्दा भएको अनुमान गरिएको छ । यद्यपि यो समाचार तयार पार्दासम्म बसचालक चालक दलवहादुर रावतको मात्रै सनाखत भएको छ । घटनापछि स्थानीयवासीहरु शवको पहिचान गर्न मुगु जिल्ला अस्पतालमा पुगेको भए पनि मतृकको शब क्षत विपक्ष भएकोले पहिचान हुन समस्या भएको प्रहरीले बताएको छ । चक्का पन्चर भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको भए पनि यकिन विवरण प्राप्त भएको छैन ।

मृतकहरुमध्ये २४ जनाको घटनास्थलमै, ४ जनाको मुगुको ताल्चा विमानस्थलमा ल्याउँदै गर्दा र चार जनाको नेपालगंज लगेपछि उपचारकोक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा कम्तिमा ४५ यात्रु भएको अनुमान गरिएको छ । दुर्घटनास्थल अप्ठ्यारो ठाउँमा भएकाले स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरिरहेको छ ।

घटनास्थलवाट मृतकको शव निकालेर नेपाली सेनाको ट्रक र अर्को गाडीमा राखेर सनाखत र पोष्टमार्टमको लागि जिल्ला अस्पताल मुगुमा लगिएको छ । घटनास्थल सदरमुकामबाट टाढा र विकट ठाउँमा रहेको र नेटवर्कको समस्याले सूचना संकलनमा समस्या भएको प्रहरीको भनाई छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected