3Shares

पोखरा भ्यूज
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयले खेलाडीमा थप उत्साह र दायित्व थपिने विश्वास गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई जनही ५ लाख र प्रशिक्षकहरुलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनल खेलमा भारतसँग ३-० ले पराजित हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो । सोमबार स्वदेश फर्किएको फुटबल टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

सरकारबाट जनही रु. पाँच लाख रुपियाँ पाउने नेपाली फुटबल टोली
3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected