
0Shares
काठमाडौं । प्रतिनिधिसभाको बैठक तोकिएको समयभन्दा दुई दिनपछि सारिएको छ । संसद सचिवालयका अनुसार कात्तिक ११ गते दिउँसो २ बजे बैठक डाकिएको छ । यसअघि ९ कात्तिकमा बैठक डाएिको थियो ।
संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार निकालेको विज्ञप्तिमा विशेष कारणवश दुई दिन पछि सारिएको उल्लेख छ । यद्यपि नेकपा एमालेको आग्रहमा बैठक सारिएको उच्च स्रोतले बताएको छ ।
प्रतिनिधि सभाको बैठक सार्न एमालेले सभामुख अग्नि सापकोटासँग माग गरेको थियो ।
‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम निर्धारित समयमा बैठक बस्न नसक्ने भएमा सभामुखले समय हेरफेर गर्न सकिने व्यवस्था गरिएको छ ।
0Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















