0Shares

पोखरा भ्यूज
१७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला निर्णय गरेको छ । शनिबार दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको पदाधिकारी बैठकमा निर्णय भएको हो ।

माओवादीको यस्तो निर्णयले गठबन्धन धराप पर्ने संकेत देखिएको छ । यद्यपि गठबन्धनमा रहेका अन्य दलहरुले सरकार बाँडफाडमा सौदाबाजी गर्न माओवादीले यस्तो रणनीति बनाएको बुझाई छ ।

बैठकपछि माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले दिएको जानकारी अनुसार मौजुदा गठबन्धन छोड्ने निर्णय नभएको तर सरकार गठन प्रक्रियामा सबै विकल्प खुला राख्ने निर्णय भएको छ । एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भने, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’

माओवादीले पहिलो चरणमै आफूले सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गर्दैं आएको छ। कतिपयले नेपाली कांग्रेस यसका लागि तयार नभए एमालेसँग पनि माओवादी मिल्नसक्ने आशंका गरेका छन् । एमाले नेताहरुले पनि माओवादीलाई सँगै मिलेर जानका लागि आह्वान गरिरहेका छन्।

बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताए। ‘अपेक्षा गरेजस्तो संघमा सफलता हासिल गर्न सकिएन भन्ने भयो’, उनले भने, ‘समग्र समीक्षा सबै परिणाम आएपछि गर्ने निर्णय भएको छ ।’

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected