3Shares

पोखरा। नयाँबर्षको सुरूको दिनलेखनाथ हाफ म्याराथनहुने भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथन हुन लागेको हो

पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा भेट्रान्सतर्फ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए

चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको हाफ म्याराथनको विजेताले ६० हजार, द्वितीय, तृतीय, सान्त्वना पाँचौँले क्रमशः ३० हजार, २० हजार, १० हजार हजार रुपैयाँको साथमा मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। 

१० किलोमिटरको महिला/पुरुष राष्ट्रिय खुला दौडको विजेताले ३० हजार उपविजेताले २० हजार रुपैयाँ पाउनेछन् तृतीय, सान्त्वना पाँचौँ हुनेले क्रमशः १० हजार, हजार हजार सय रुपैयाँको साथमा मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछन् ।  किलोमिटर विद्यालय छात्रछात्रा दौडको विजेताले १५ हजार रुपैयाँ, उपविजेताले १० हजार, तृतीयले हजार, सान्त्वनाले हजार पाँचौँले हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र पाउने छन्। 

भेट्रान्सतर्फको विजेताले १० हजार, उपविजेताले हजार, तृतीयले हजार रुपैयाँ पाउने सदस्य सचिव खड्काले जानकारी दिए । दौड पुरा गर्ने सम्पूर्ण विधाका शीर्ष २० खेलाडीलाई मेडल प्रदान गरिने खेलकुद विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक राजेन्द्र जिसीले जानकारी दिए

दौडमा सहभागी हुन पोखरा महानगरपालिकाको शिक्षा महाशाखा वा आदर्श क्लब, भण्डारढिकको कार्यालय पुगी वा खेलकुद विकास समितिको फेसबुक पेजमार्फत गुगल फारम भरेर २९ चैतसम्म नाम दर्ता गर्न सकिनेछ।  

भण्डारढिकबाट शुरू हुने हाफ म्याराथन उत्तरसिंह चोक, भुगोलपार्क, राम बजार, सिता गुफा चोक, सात मुहाने बजार, राजाको चौतारा, झउरी चोकबाट फर्केर सात मुहाने बजार, खुदी, नहर चोक, राम बजार, लेखनाथ उद्योग वाणिज्य संघको भवन हुँदै भण्डारढिक खेल मैदानमा आएर टुंगिने छ।   

खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले प्रतियोगिताले आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि गर्ने विश्वास व्यक्त गरे उनले लेखनाथ पनि पोखराभित्रै पर्ने तर केही पिछडिएको जस्तो महसुस भएर छुट्टै नाम दिएर म्याराथन गरिएको सुनाए

पोखरा२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले लेखनाथमा राष्ट्रिय स्तरका अन्य प्रतियोगिता निरन्तर गर्न आवश्यक रहेको बताए । लेखनाथ पोखरामा गाभिएपछि केही पछाडि परेको हामीले महसुस गरेका छौँ यस्तै खाले राष्ट्रिय प्रतियोगिता यहाँ गरेर यो ठाउँ चिनाउनपर्छ,’ उनले भने, ‘यहाँ पर्यटनको थुप्रो सम्भावना छ । सात वटा ता छन्, धेरै कोट पनि छन् ।भण्डारढिकमा रहेको रंगशालाको काम सक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने वडाबाट पनि बजेट लगानी गर्ने उनले बताए पोखरा२९ मा रंगशाला बनाउने भए आफूले स्थानीयसँग कुरा गरेर जग्गाको व्यवस्थापन गरिदिने वडाध्यक्ष गुरुङको भनाइ थियो

3Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected