0Shares

पश्चिमी वायुको प्रभावले मौसममा भएको परिवर्तनसँगै देशैभर वर्षा र हिमपात भएको छ ।
मौसम पूर्वामानुमान महाशाखाले बुधबार रातिको बदलीले वर्षा र हिमपात भएको र आज रातिदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै जाने बताएको छ । यद्यपि मध्य र पूर्वी क्षेत्र तथा पश्चिम पहाडी क्षेत्रमा केही दिन मौसममा सामान्य बदली रहनेछ ।
गएको २४ घण्टामा जुम्लामा सबैभन्दा बढी ३० मिलीलिटर वर्षा भएको थियो भने काठमाडौँमा २९ मिलिलिटर वर्षा भएको विभागको तथ्याङ्क छ । काठमाडौं उपत्यकामा आज बिहान हिमपात भएकोले यहा चिसो बढेको मौसमविद् बताउछन् ।
आज दिउँसो पनि सामान्य बदली भई अधिकांश स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected