0Shares

लेखनाथ, ११ फागुन। तिलक रानाभाटले पोखरा महानगरपालिका वडा नम्बर १० मा मतदातासँग भेटघाट तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलो अभियानलाई तीव्रता दिँदै उनले अब बन्ने सरकार नेपाली कांग्रेसको नेतृत्वमा रहने र नेतृत्व गगन थापाले गर्ने दाबी गरेका छन्।

रानाभाटले देशको विकास र निकासको लागि सक्षम र भरोसायोग्य शक्ति नेपाली कांग्रेस मात्र भएको उल्लेख गर्दै पोखरा–१० को पूर्वाधार विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। विशेष गरी सडक स्तरोन्नति तथा फुटट्र्याक निर्माणलाई योजनाबद्ध रूपमा अघि बढाउने उनले बताएका छन्।

उनले रामबजार, जनप्रिय टोल, मिलन टोल, बुद्धचोक, रक्षामार्ग, राममार्ग लगायतका क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। भेटघाटका क्रममा स्थानीय समस्याबारे सुझाव संकलन गर्दै आफ्नो चुनावी एजेन्डा पनि सार्वजनिक गरेका हुन्।

कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष राजेश गुरुङ, वडा सभापति दीपक बहादुर थापा, महाधिवेशन प्रतिनिधि निशा मल्ल ठकुरी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विजय घिमिरे, तरुण दलका नेता अमित गुरुङ, वडा सदस्य चुदीमाया नेपाली र नरदेवी गुरुङलगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको क्षेत्रीय सचिव ओमप्रकाश गुरुङले जानकारी दिएका छन्। रानाभाटको सक्रिय घरदैलो अभियानले पोखरा–१० को चुनावी माहोल थप तातिएको स्थानीयहरूले बताएका छन्।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected