0Shares

काठमाँड़ौ । देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा उचाल्दै आएकी नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राजनीतिक तथा खेल क्षेत्रबाट सहयोगको हात अगाडि बढ्न थालेको छ।

नेपाली कांग्रेसले अखिल नेपाल फुटबल संघ (एन्फा) को खेलाडी उपचार कोषमार्फत पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। देशको सम्मान बढाउन महत्वपूर्ण भूमिका खेलेकी साम्बाको स्वास्थ्य उपचारमा आवश्यक सहयोग गर्न पार्टी प्रतिबद्ध रहेको नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बताएका छन्।

इन्जुरीका कारण लामो समयदेखि मैदान बाहिर रहेकी साम्बाले उपचार खर्च जुटाउन सोमबार आम नागरिकसँग सहयोगको अपिल गरेकी थिइन्। त्यसपछि सामाजिक सञ्जाल र विभिन्न क्षेत्रबाट सहयोगको लहर सुरु भएको छ।

यसैबीच, अखिल नेपाल फुटवल संघले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा पहल भइरहेको स्पष्ट पारेको छ। त्यस्तै काठमाँड़ौ मेडिकल कलेजले उनको उपचार निःशुल्क गरिदिने प्रस्ताव समेत अघि सारेको छ।

साम्बाको सहयोग याचनापछि देखिएको राष्ट्रिय एकता र सद्भावले खेलाडीप्रतिको सम्मान र संवेदनशीलता झल्काएको छ। देशका लागि निरन्तर योगदान दिँदै आएकी कप्तान साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

0Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected